RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
६७१ पटक

पोखरा, चैत १६ गते । नेपालमा पाँचौ कोरोना भाइरस कोभिड १९ को संक्रमणमा परेकी बागलुङकी एक युवतीको उपचार धौलागिरि अञ्चल अस्पताल बागलुङमा सुरु गरिएको छ । पारिवारिक भेटघाटका लागि बेल्जियम पुगेर फर्केकी बागलुङ नगरपालिका निवासी १७ वर्षीय युवतीलाई कोरोना भाइरसको संक्रमण भएको शनिबार स्वास्थ्य मन्त्रालयले पुष्टी गरेपछि धौलागिरि अञ्चल अस्पतालको आइसुलेसन कक्षामा राखेर उपचार सुरु गरिएको हो ।

कोरोना भाइरसको संक्रमण पुष्टी भएकी ति युवतीको स्वास्थ्य अवस्था सामान्य रहेकाले बागलुङमै राखेर उपचार गर्न सकिने भएकाले पोखराबाट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), भेन्टिलेटर, भिटिएम लगायतका सामग्री बागलुङ पठाउँन लागिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ‘हामीले स्वाबको नमूना परीक्षणका लागि काठमाडौंको केन्द्रीय प्रयोगशालामा पठाइएकोमा ति युवतीको रिपोर्ट पोजेटिभ आएकाले सोही अनुसार तयारी थालिएको छ ।’ शर्माले भन्नुभयो ।
चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी ती युवती सुरुका केही दिन घरमै स्वतन्त्र रुपमा घुमफिर गरेर बसेकी थिइन । चैत १० गते नेपालमा दोस्रो संक्रमितको रुपमा फ्रान्सबाट आएकी युवतीलाई कोरोना संक्रमित भएको थाहा पाएको र आफूमापनि केही असहज महसुस भएपछि स्वास्थ्यकर्मीको सम्पर्कमा आएको जनाइएको छ ।

सामान्य ज्वरो आएपनि घरमै बसेकी युवतीको धौलागिरि अञ्चल अस्पतालले स्वाबको नमूना संकलन गरी काठमाडौं पठाइएको थियो भने युवती पुनः होम क्वारेन्टाइनमा बस्ने भन्दै घरमै गएको धौलगिरि अञ्चल अस्पतालले जनाएको छ । उनीसँगै बागलुङ बजारकै एक महिला र ढोरपाटन नगरपालिकाका एक युवक होम क्वारेन्टाइनमै सुरक्षित रुपमा बसेका छन् ।

शनिबार दिउसो ४ बजे स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरस संक्रमणको पुष्टी गरेपनि ति युवतीलाई राती ११ बजे मात्र अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । अञ्चल अस्पतालमा आइसियु नभएकाले उ.नलाई कहाँ उपचार गराउँने भन्ने निर्णय हुन ढिलाई भएकाले उनलाई सात घण्टापछि मात्र अस्पताल भर्ना गरिएको थियो । अञ्चल अस्पतालको आइसुलेसन कक्षमा भर्ना भएकी युवतीलाई सामान्य खोकी बाहेक अन्य कुनै समस्या नभएको पारिवारिक स्रोतले जनाएको छ ।https://gorkhapatraonline.com…….

प्रतिकृया दिनुहोस्