RaraNews

विदेशबाट आएकाहरु क्‍वारेन्टाइनमा नबसे जेल सजाय

लुकेर बस्‍नेविरुद्ध कडा कदम चाल्छौं : बिडारी

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
८४२ पटक

काठमाडौं :  कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय लिएको हो।

बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले विदेशबाट आएकाहरु सरकारलाई खबर नगरी लुकेमा, क्‍वारेन्टाइनमा नबसेमा पक्राउ गरी कारवाही चलाइने जानकारी दिए।

‘संक्रमति व्यक्ति आएर सूचना नदिने, क्‍वारेन्टाइनबाट भाग्‍ने, लुकेर बस्‍ने गरेको देखिएको छ’, बिडारीले भने, बोलाउँदा पनि सम्पर्कमा नआउनेलाई संक्रमण रोग ऐन बमोजिम कैद सजाय गर्न गृहप्रशासनलाई निर्देशन दिइएको छ।’

उनले क्‍वारेन्टाइनमा बसेकाहरु भाग्‍ने, विदेशबाट आएर पनि क्‍वारेन्टाइनमा नबस्‍ने, सम्पर्कमा आउन गरेको अनुरोध अटेरी गरी समूहमा घुमफिर गर्ने क्रम बढेपछि त्यस्ता व्यक्तिविरुद्ध सरकार कडा ढंगले प्रस्तुत हुने निर्णय भएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्