RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१७ गते
७५४ पटक

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले ३ वटा गाडीलाई मन्त्रालयबाट पास दिएर सार्वजनिक रोडमा चल्न दिएका छन् ।

सरकारले देशैभर ‘लकडाउन’ गरेको बेलामा सरकारका मन्त्रीले नै रोडमा गाडी चल्न दिएर भिड लगाएका छन । विश्वमा आक्रमक रुपमा फैलँदै गएको कोरोना भाइरसको महामारीका कारण सरकारले पुरै देश नै ‘लकडाउन’ गरेको छ ।

अत्यावश्यकmभन्दा बाहेकका कोहीपनि मानिसलाई घरबाहीर निस्कनका लागि सरकारले कडाई गरेको छ । कर्णाली सरकारका आन्तरिक मामिला मन्त्री भण्डारीले ठूलो भिड जम्मा गरेर सरकारले दिएको निर्देशनको अवज्ञा गदै सडकमा गाडि हिडाएका छन् ।

‘आफूहरु कानुमन्त्रीको नरेश भण्डारीको मान्छे हुँ’ भन्दै त्यहाँ सहभागीहरुले सञ्चारकर्मिहरुलाई धम्काएका पनि छन् । सुर्खेतमा स्थायि रुपमा बसोबास गदै आएका ब्यतिहरु पनी मन्त्री भण्डारीको नाम लिँदै आफ्नो जिल्लामा जान लागेको जानकारी हुन आएको छ ।

सरकारका मन्त्रीले नै महामारीको रुप लिइरहेको यो विषयलाई धज्जी उडाएर पास दिलाउँदै हिड्ने कुराको कर्णालीका बरिष्ट सञ्चारकर्मिहरुले आफ्नो फेसबुकमा स्टाटस राख्दै बिरोध जनाएका छन । कर्णालीका बरिष्ठ सञ्चारकर्मिहरुको फेसबुक स्टाट्सहरु हेर्नुहोस

 

प्रतिकृया दिनुहोस्