RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१७ गते
९०१ पटक

जुम्ला जिल्लाका प्रनिनिधि सभाका सांसद गजेन्दबहादुर महतले बिश्व भरि माहामारीको रुपमा फैलिएको कोराना भाइरस नियन्त्रणका लागी आफ्नो गृह जिल्ला जुम्लाका सबै वडा अध्यक्ष ज्युहरुलाई सार्वजानिक अपिल गरेका छन ।

उनले भनेका छन् वडा शक्तिशाली छ सबै काम वडाबाट हुनु पर्नेमा सांसद महतको जोड छ । जुम्लामा आजसम्म एक जनालाई पनी कोरोना भाइरस नदेखिएकाले उच्च सहतकर्ता अपनाउन जुम्लाबासीलाई अनुरोध पनी गर्नु भएको छन् । सांसद महतले जुम्लाका कुनै नागरिकहरुलाई कुनै किसिमको समस्या भए सिधै आफुलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।

सुझाबहरु ………

१ सरकारले गरेका निर्णय वडा तहबाटै लागु हुने भएकाले, निर्णय बारे स्पष्ट जानकारी लिने।

२ वडा भित्रका हरेक दिन ज्याला, मजदुरी गरी छाक टार्नेहरुको बिवरण तत्काल लियर उनीहरू लाई एक हप्तासम्म खान पुग्ने खाद्यान्न वा सो बराबरको नगद उपलब्ध गराउने, उक्त खर्चको जिम्मा सम्बन्धित वडाले लिने, वडाले नसक्ने अबस्था आए गाउँपालिका वा नगर पालिकालाई लिन लगाउने उक्त निकायले पनि लिन नमाने सम्बन्धित प्रदेशको सांसदलाई जानकारी गराउने, वहाँहरुले पनि आनाकानी गरेमा संघीय सांसदलाई जानकारी गराउने।

३ आधिकारिक निकाय वडा नै भएकोले जनतामा जाने कुनै पनि किसिमका राहत को अगुवाइ वडाले नै गर्ने ।

४ वडा भित्रका सेल्फ क्वारेन्टाइन,होम क्वारेन्टाइन वा सार्वजनिक स्थलमा निमार्ण भएका क्वारेन्टाइनको बिबरण लिएर माथिल्लो निकायमा जानकारी गराउने।

५ अन्य कुनै जानकारी चाहिएमा माथिल्लो निकायसँग सम्पर्क गर्ने।

प्रतिकृया दिनुहोस्