धादिङ खनियाबास गाउँपालिकाका ३६ वर्षीय बिरामीको आईसीयुमा उपचारका क्रममा मृत्यु भएको हो । उनी कोरोना संक्रमित हो वा होइन भन्ने पुष्टि भइसकेको छैन ।
ती बिरामीको कोरोना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । परिक्षणको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माले जानकारी दिए ।
फागुन १४ गते भारतबाट नेपाल फर्किएका ती बिरामीलाई आइतबार ४ बजेतिर अस्पताल भर्ना गरिएकाे थियो । उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको हो ।
नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ भने एक जना उपचारपछि निको भइसकेका छन् ।