RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१७ गते
५३९ पटक

काठमाडौं :  आइतवार भर्ना भएका एकजना र आजै बिहान भर्ना भएका अर्का बिरामीको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। उनीहरु दुवैलाई कोरोना भाइरस आशंकामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

मृत्यु भएका दुवैजनाको स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। मृत्यु भएकी चन्द्रागिरी नगरपालिका-१५ निवासी एक महिलालाई बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको थियो।

चिकित्सकहरुले लक्षणका आधारमा ३४ वर्षीया उनमा कोरोना आशंका गरेका थिए।  यसै  साता भारतबाट नेपाल आएकी उनलाई बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो।

उनलाई उच्च ज्वरो आएर स्वास फेर्न पनि गाह्रो भएपछि अस्पताल ल्याएको परिवारले जनाएका छन्। यस्तै सोमबार बिहान भर्ना गरिएका अर्का एकजना ५० वर्षीय पुरुषको पनि ज्यान गएको छ।

यसअघि पाटन अस्पतालको आईसीयुमा उपचाररत धादिङ घर भएका एक ३६ वर्षीय भारतीय गोर्खा सैनिकको पनि मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस्