RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१८ गते
७८६ पटक

चैत्र १८ गते । भक्तपुरको सूर्यविनायकवाट रामेछापको दोरम्बा गाँउपालिकाजाँदै गरेको यात्रुबाहक सिंगल क्याप बोलेरो रामेछापको खाँडादेवीमा दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

भक्तपुरबाट रिर्जभ गरेर गएको बा १४ च ८४९८ बोलेरो रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिकामा दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार बोलेरो सडकबाट १५० मिटर तल झरेको थियो । दुर्घटनामा परि गम्भिर घाइते भएका रामेछापको दोरम्बा गाउँपालिका–२ की संगिता पहरी तथा सोही गाउँपालिका वडा नं ३ का ४० गोपिलाल पहरीको उपचारको क्रममा धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो ।

दुर्घटनामा परि घाईते भएका २४ जनाको ध्ुलिखेल अस्पताल र चार जनाको शीर मेमोरियल अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनमा परि छ जना गम्भिर घाइते भएका छन् । प्रहरीले बोलेरो चालक रामेछापकै दोरम्बा २ का १८ बर्षका बुद्ध मोक्तानलाई नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा कसरी बोलेरो आयो र पास कहाँबाट लिएको भन्नेबारे प्रहरीले अुशन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस्