RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१८ गते
६६५ पटक

डोल्पा : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री औषधि र उपरकण लिएर डोल्पा पुगेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल आफै उपकरण लिएर डोल्पा पुगेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णालीको डोल्पा अस्पतालमा सबैभन्दा पहिला उपकरण र औषधि पुर्‍याइएको हो।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल आफै डोल्पा जिल्ला अस्पताल पुगेर औषधि र उपरकण हस्तान्त्रण गरेका हुन् ।

हेलिकोप्टरबाट सर्जिकल मास्क २ हजार, पिपीई ६० थान,लुज ग्लोबस एकहजार एन नाइन्टी मास्क २५थान,पारा सिटामोल ५हजार टयाब्लेटस,साधारण मास्क एक हजार थान,गाउन ५ थान, ब्रोसर ५ सय थान, बिरामीको लगत राख्ने किताब १० थान,सेनिटाइजर दुई बोतल,क्यानुला २४ नम्बरको २१ थान २२ नम्बर ३० थान र क्लोरोक्वीन औषधि ५ सय टयाब्लेटस स्वास्थ्य सेवा कार्यालयले बुभेको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी देबबहादुर बिसीले जानकारी दिए ।

आइसोलेसनमा राखिएका दुईजना बिरामीको स्वाप परीक्षणका लागि सुर्खेत लगिएको छ । बिरामी सामान्य भएकाले नआत्तिन भन्दै परीक्षणा लागि नमूना सुर्खेत लगिएको हो । करिब एक घण्टा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी,जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखसँग बसेका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावले अस्पतालको निरीक्षण गर्नुका साथै तत्तकाल व्यवस्थापन प्रभावकारी बनाउन सबैलाइ निर्देशन दिए ।

सोमबार आइसोलेसनमा राखिएका बिरामी भेटेका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले लाजमर्दो आइसोलेसन भएकाले तत्तकाल बाहिर घर भाडामा लिएर कम्तीमा ३० सैयाको आइसोलेसन निर्माण गर्न निर्देशन दिए ।

उपकरण र औषधि हस्तान्त्रण गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने,’ काम गर्ने बेला हो पैसा छैन भनेर टार्न पाइँदैन, प्रदेश सरकारले आवश्यक रकम जिल्ला अस्पतालमा पठाएको छ। खर्च गर्नुस्। नपुगे सरकारले दिन्छ।’ annapurnapost.com बाट ….

प्रतिकृया दिनुहोस्