RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१८ गते
१५०६ पटक

कोरोना भाइरसका करण नेपाल लगडाउनमा छ । लगडाउनका कारण काम बिशेषले जिल्ला बाहिर भएका हजारौ नेपालीहरु अलपत्र अबस्थामा छन् । केहिलाई सरकारले उद्धार गरेर घरसम्म पुर्योउने काम गरेको छ भने केहि अझै पनी अलपत्र अबस्थामै छन ।

जुम्ला जिल्ला देखि कामको खोजिमा सिन्धुपाल्चोक पुगेका जुम्ला जिल्ला तिला गापा लगाए अन्य गापाका ३१ जनाको सख्यामा रहेका मजदुरु सिन्धुपाल्चोक जिल्लाको तिरपुरा सुन्दरी गाउँपालीमा वाडा नं ५ तौथलि बजार नजिक अलपत्र अबस्थामा रहेको तिला गापा निबासी प्रेमबहादुर बस्नेत जानकारी दिनु भयो । उनिहरुको अबस्था आजसम्म सामान्य रहेको छ ।

अलपत्र अबस्थामा रहेका जुम्लाका ३१ जनाले आफुहरुलाई उद्धार गरि जुम्ला लैजान सबैलाई आग्रह गरेका पनी हुन तर कसैले सुनेन् । ३१ जना एउटै कोठामा बस्नु पर्ने अबस्था छ.  खाने कुराको समस्या बढदै गएको छ । घर परिवारको सम्झनाले उनीहरुमा झन झन निरासा बढ्दै गएको बस्नेतले जानकारी दिए ।

स्थानिय अगुवा बस्नेतका अनुसार अलपत्र अबस्थामा रहेका ३१ जुम्लाका नागरिकहरुलाई उद्धार गरिदिन आफुले कर्णाली सरकारका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीलाई पनी आग्रह गरिको बताए । जसरी भए पनी सिन्धुपालचोकमा रहेका ३१ नागरिकलाई उद्धार गरि जुम्ला पुर्याइदिन स्थानिय अगुवा प्रेमबहादु बस्नेतले सबै तहका सरकारलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्