RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१९ गते
६९६ पटक

जाजरकोट : राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राजन थापाले काठमाडौंमा अलपत्र परेका ५२ जना मजदुर तथा विद्यार्थीलाई आफ्नो पहलमा उद्धार गरी जाजरकोट पठाइएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे ।

उनले राम्रो काम गरेको भन्ने र लकडाउनको समयमा मान्छे ओसार्ने काम गलत भएको भन्दै सामजिक सञ्जालमै प्रतिक्रिया आउन थालेको छ। उनीजस्तै अन्य नेताले राजनैतिक लाभ लिनकै लागि अलपत्र परेको भन्दै शहरबाट जिल्ला पठाउने अभियान नरोकिएपछि स्थानीय चिन्तित बनेका छन् । उनीहरुले जिल्ला बाहिरबाट आउनेहरुबाट कोरोनाको संक्रमण फैलने सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् ।

त्रिभुवन मावि खलंगामा कार्यरत शिक्षक जनक केसीले लकडाउन भनेको सबै आ-आफ्नो घरभित्र सुरक्षित तरिकाले बस घर बाहिर ननिस्क भनेको हो । यहाँ नेताले विभिन्न शहरमा अलपत्र परेकालाई जिल्ला पठाएकोमा बहादुरी ठानेका छन् । ‘तपाईहरुकै कारण कोरोना भित्रन सक्छ,’ उनले भने, ‘ख्याल ठट्टा नसम्झिनुहोस्। यसमा राजनीति नगर्नुहोस्। सक्नुहुन्छ भने बरु जहाँ छन् त्यही दाल चामल दिनुस् । अलपत्रको नाममा लकडाउनमा पनि मान्छे ओसार्न बन्द गर्नुस्।’

लकडाउनको समयमा जिल्ला बाहिरबाट मानिस आवतजावतमा पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने नेपाल वार एशोसिएसनका जिल्ला अध्यक्ष भीमबहादुर सिंहले बताए । उनले भने, ‘लकडाउनको समयमा मान्छे ओसार्दा पनि प्रहरी प्रशासन मुक दर्शक भएका छन् । नेताहरुले मान्छे ओसार्ने कामलाई बहादुरी सम्झेका छन् । जिल्ला बाहिरबाटै आएका मानिसबाट संक्रमण फैलने खतरा छ । आवतजावत नरोकिए के को लकडाउन ?’

लकडाउनको अवधिमा पास लिएर गाडी रिजर्भ गरेर पाँच सय मानिस जिल्ला भित्रिसकेका छन् । शहरी क्षेत्रबाट मात्र होइन विदेशबाट समेत मानिस आएका छन् । जिल्ला प्रहरी कार्यालयले लकडाउनको अवधीमा भारत र अन्य मुलुकबाट जिल्ला भित्रनेको संख्या दुई सय पाँच जना रहेको जनाएको छ ।

देशभित्रकै विभिन्न सहरबाट जिल्ला भित्रनेको तथ्यांक प्रहरीले राखेको छैन । त्यसरी जिल्ला भित्रिएकालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।  तर उनीहरुले होम क्वारेन्टाइनमा बस्ने नियम पालना गरेका छैनन् । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्वारेन्टाइनमा राखेको भए प्रभावकारी हुन्थ्यो यस्तो तरीकाले जतिबेला पनि संक्रमण फैलिन सक्छ भेरी नगरपालिका ४ का अमर शाहले चिन्ता प्रकट गदै भने,’ जाजरकोटमा लकडाउन निकै फितलो भयो।नत्र नाममात्रको लकडाउनले कारोना विरुद्धको लडाई जित्न सकिदैन।’अन्नपुर्ण पोष्ट दैनिकबाट …

प्रतिकृया दिनुहोस्