RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१९ गते
६०९ पटक

नेपाल आयल निगमले विशेष स्थानमा घुम्ती सेवामार्फत ग्यास वितरण सुरु गरेको छ । ग्यास नपाएको गुनासो आएपछि निगम आफैंले असहाय, अपांगता भएका, वृद्धाश्रमलगायत काठमाडौंका क्वारेन्टाइन भएका स्थानमा घुम्ती सेवाबाट मंगलबारदेखि ग्यास वितरण सुरु गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले उपभोक्ताबाट ग्यास नपाएको गुनासो आए पनि विशेष स्थानमा घुम्तीसेवामार्फत ग्यास वितरण गरिएको बताए ।

घुम्ती सेवामार्फत अस्पताल, वृद्धाश्रम, मानव आश्रम, दीर्घरोगी, बिरामी, असहाय, अनाथालय, अपांग, किरिया बसेका घर, पुनःउत्थान केन्द्र, सुधारगृह, कारागार, निःशुल्क भोज गराउने निकाय वा व्यक्ति, सरकारले तोकेका क्वारेन्टाइन र अत्यावश्यक काममा खटिएका मजदुर तथा कर्मचारीकहाँ वितरण गरिएको उनले जानकारी दिए ।

तोकिएका ठाउँमा ग्यास नपाएको गुनासो आएपछि हामीले तत्काल ग्यास पु¥याउने प्रवक्ता उपाध्यायले जानकारी दिए । यस्तै, किरिया (आशौच) बसेको घर, बालश्रम र बालगृह, पुनर्उत्थान केन्द्र र सुधारगृह, कारागार, निःशुल्क भोजन गराउने निकाय र संस्था वा व्यक्ति, सरकारले तोकेको क्यारेन्टाइन तथा अत्यावश्यक काममा खटिएका मजदुर र कर्मचारीलाई घुम्ती सेवामार्फत ग्यास वितरण गरिएको छ । ग्यास नै नपाएर कसैको चुलो ननिभोस् भनेर ग्यास वितरण गरिएको निगमको भनाइ छ ।

लकडाउन अवधिभरी घुम्ति सेवामार्फत ग्यास वितरण
रिङरोड क्षेत्रमा ग्यास वितरण गरेको निगमले यसका लागि टेकुस्थित कार्यालयमा विभिन्न सात कम्पनीका तीन सय ६० थान ग्यास तयार पारिएको छ । लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई निगमले घुम्ती सेवामार्फत ग्यास वितरण गरेको हो ।

निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिइ बिक्री गरेको जनाएको छ । निगमका अनुसार साधारण उपभोक्तालाई विभिन्न १२ वटा वर्गमा विभाजन गरी ग्यास वितरण सुरु गरिएको छ ।

“अति आवश्यक पर्ने उपभोक्ताले हामीले तोकेको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिन सक्नुहुनेछ, साधारण उपभोक्तालाई लक्षित गर्दै हामीले रिङरोड क्षेत्रमा मात्र ग्यास वितरण गर्ने निर्णय गरेका हौँ,” उनले भने, “सकेसम्म माग भएका ग्यास सिलिण्डर नै दिनेछौँ, हामीले ग्यास उद्योगहरूसँग ग्यास खरीद गरेर उहाँहरूको आवश्यकता र सहजताका लागि सोही ग्यास वितरण गर्नैछौँ।” उनका अनुसार निगमले अस्पताल, वृद्धाश्रम, बिरामीरअसहाय, अनाथालय, फरक क्षमता भएकालाई ग्यास वितरण सुरू गरेको छ।

पछिल्लो समय ग्यासको आपूर्ति पर्याप्त भए पनि बजारमा अपुग देखिएको निगमले दाबी गर्दै आएको छ । सामान्य अवस्थामा मासिक करिब ३९ हजार टन ग्यास खपत भइरहे पनि यो महिना (मार्च)मा करिब ५० हजार टन पुग्न लागेको निगमले जनाएको छ ।

बढ्दो माग पूर्ति गर्न थप ग्यास आयातको प्रबन्ध मिलाइएको पनि निगमले जनाएको छ । हाल बजारमा दैनिक एक लाख सिलिन्डर खपत भइरहेको छ । ग्यास नभएको गुनासो राख्न निमगले ४२६४६००, ४२६३४८५, सम्पर्क नम्बर तोकेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिदै गएपनि बजारमा ग्यासको खपत बढ्दै गएको हो । ग्यासको आयात बढ्दै गएपनि बजारमा आपुर्ति व्यवस्था भने अझै सहज हुन सकेको छैन । कारोबार दैनिकबाट …

प्रतिकृया दिनुहोस्