RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२० गते
६१४ पटक

काठमाडौं ।  मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरैजसो प्रदेशमा बुधबारै कोरोना परीक्षण सुरु भइसकेको र बाँकी प्रदेशमा आज (बिहीबार) यस्तो परीक्षण सुरु हुने जानकारी दिएको छ।

प्रदेश एकको धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनाले बताए । ती सबैको नेगेटिभ रिर्पोट आएको जानकारी दिए। अरूको थप परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले मङ्गलबारबाट स्वाब परीक्षण सेवा शुरु गरिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको सङ्क्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन बाँकी छ । प्रदेश नं.२ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को बुटवलमा पनि बिहीबारदेखि कोरोना परीक्षण सेवा सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्