RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२१ गते
६६४ पटक

मुलुकको दूरसञ्चार क्षेत्रले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई ३७ करोड रुपैयाँ सहयोग गरेको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड, सरकारी स्वामित्वको नेपाल टेलिकमले १२ करोड र निजी क्षेत्रको एनसेलले १० करोड रुपैयाँ सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिसकेका छन् ।

दूरसञ्चार प्राधिकरणले कोरोना भाइरस रोकथामका लागि १५ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ । सञ्चालक समितिबाट बुधबार निर्णय गरी बिहीबार नै कोषमा रकम जम्मा गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको खाताबाट रकम उपलव्ध गराइएको र सरकारको निर्देशनबमोजिम कर्मचारी र बोर्ड सदस्यहरूको तलबबाट कट्टा गरी केही समयपछि पुनः कोषमा थप रकम जम्मा गर्ने जानकारी दिए । कारोबार दैनिकबाट …

प्रतिकृया दिनुहोस्