RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२२ गते
८१ पटक

चैत २२ गते । सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । मन्त्रालयले सरकारका मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङले बिक्री गर्दै आएका खाद्यान्न, चामल, गेडागुडी, इन्डक्सन चुलो, नुुन, चिनी, एसटीसी ग्यासलगायतमा १० प्रतिशत छुट दिने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले ती कम्पनीबाट छुटसहित उपलब्ध गराउने सामान बिक्रीको निर्देशिका बनाउने क्रममा भएको र एक÷दुई दिनमै निर्देशिका तयार हुने बताउनुभयो ।

निर्देशिकामा खाद्यान्नको छुट कस्तो वर्ग वा समुदायका व्यक्तिलाई दिने भन्ने विषयमा स्पष्ट परिभाषा गरिने र त्यही आधारमा ती कम्पनीबाट उपलब्ध हुने सामान १० प्रतिशत छुटमा दिइने उहाँको भनाइ छ ।

मन्त्रालयका अनुसार ती कम्पनीले आआफ्ना पाँच÷पाँचवटा बिक्री केन्द्र र मोबाइल भ्यानमार्फत बिक्री गर्दै आएको खाद्यान्न सामग्री निर्देशिकाका आधारमा सम्बन्धित वर्ग वा समुदायलाई वितरण गरिने छ । गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्