RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२५ गते
११४२ पटक

भारतबाट फर्केका कैलाली, कञ्चनपुरका दुईजनामा शनिबार कोरोना संक्रमणको पुष्टि भयो । देशभर नौजना संक्रमित भेटिँदा सुदूरपश्चिममा मात्रै संक्रमितको संख्या चार छ । पछिल्लो एक महिनाको अवधिमा भारतबाट सुदूरपश्चिममा डेढ लाख भित्रिएका छन् । उनीहरूसँगै गाउँगाउँमा कोरोनाको संक्रमण पुगेको हुन सक्ने धेरैको अनुमान छ ।

भारतबाट फर्कनेको संख्या ठूलो रहेकाले विज्ञहरूले पनि सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको औँल्याएका छन् । तर, यहाँ न द्रुत रूपमा शंकास्पद बिरामीको परीक्षण हुन सकेको छ, न संकट आएपछि सामना गर्ने पर्याप्त पूर्वतयारी नै छ । व्यक्तिगत सुरक्षा सामग्री नभएको भन्दै स्वास्थ्यकर्मी क्वारेन्टाइनमा राखिएकाहरूनजिक पनि जान सकेका छैनन् ।यहाँ हालसम्म एक सय ७० जनाको मात्रै नमुना परीक्षण भएको छ ।नयाँ पत्रिकाबाट साभार

प्रतिकृया दिनुहोस्