RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२५ गते
६९७ पटक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे र अबको योजनासहित सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। यसअघि प्रधानमन्त्रीले १० चैतमा सम्बोधन गरेका थिए।

 

प्रतिकृया दिनुहोस्