RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२५ गते
६८२ पटक

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट मंगलबार बिहान पक्राउ गरेको जानकारी दिएको छ ।  त्यसमध्ये चौधरी ग्रुप र नर्भिक अस्पतालले केही सामान सरकारलाई उपलब्ध गराए । सोही समुहमा शंकर ग्रुपले पनि सामान ल्याएको थियो ।

सो सामानमा ज्वरो नाप्न प्रयोग हुने इन्फ्रारेड थर्मल गन पनि थियो । अग्रवालले चीनबाट २० हजार थान थर्मल गन ल्याएको पनि खुलेको छ । अहिले हामी बैंक, विभिन्न व्यापारीक स्थल र सरकारी कार्यालयमा जाँदा यस्ता गन प्रयोग भएको देख्छौं ।

बजारमा तीन हजारदेखी अहिले मुल्यवृद्धि भएर ५ हजारसम्म विक्रि हुने गरेको छ । सूचना आउने वित्तिकै पक्राउ गर्ने अवस्था प्रहरीसँग थिएन । त्यसपछि प्रहरीले नै उनिसँग व्यापारीको नाटक गरी खरिद गर्ने गरी फोन गर्यो ।

कुराकानी भएपछि उनि १६ हजार रुपैयाँ प्रतिथान विक्रि गर्न राजी भएको प्रहरीको दावी छ । सोही अनुसार उनलाई नक्साल बोलाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले ५ हजारमा पाइने उपकरण १५ हजारमा बिक्रि गरेको आरोपमा नक्सालबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्