RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२५ गते
६७८ पटक

कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि ३ वैशाख (अप्रिल १५)सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित भएकोमा १५ दिन समय थप गरिएको हो ।

बैठकमा आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा भने कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए ।

प्रतिकृया दिनुहोस्