RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२६ गते
६४२ पटक

काठमाडौं ओर्लेलगत्तै सरकारलाई खबरदारीसमेत गरेकी थिइन्

‘म पेरिसबाट दोहा हुँदै आज काठमाडौं
आएँ । यहाँको परिस्थिति लाजमर्दो रहेछ । विमानस्थलको हेल्थ डेस्कमा एउटै व्यक्ति थिएन । हामीलाई कुनै फर्म भर्न दिइएन । न त
अध्यागमनले नै केही सोधपुछ गर्‍यो ।
फ्रान्स, जहाँ राज्यले व्यवस्थित लकडाउन गरेको छ । त्यस्तो ठाउँबाट आउँदा मलाई लागेको थियो, यहाँ झन् व्यवस्थित चेकजाँच हुन्छ । म आएको जहाजमा नेपाली नै धेरै थिए । हामीलाई यहाँको अवस्थाबारे जति जानकारी दिनुपर्ने थियो, त्यो दिइएन ।
विमानस्थलमा ओर्लिएपछि बसमा भीडभाड, सामान बुझ्ने ठाउँमा पनि उस्तै भीड । इमानदारीसाथ भन्नुपर्दा यो लज्जास्पद अवस्था
हो, यो अवस्थामा नेपालमा एकजना मात्रै
कोरोना संक्रमित छन् भन्नु भ्रमपूर्ण छ ।’
(फ्रान्सबाट काठमाडौँ ओर्लिएलगत्त युवतीले सामाजिक सञ्जालमा लेखेको स्टाटस)

फ्रान्सबाट आएकी युवतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन् । यस्तो शैलीले कोरोना नियन्त्रण हुन सक्दैन भनेर उनले सरकारको ध्यानाकर्षण पनि गराएकी थिइन् । यति मात्र होइन, परिवारसँग समेत उनले दूरी कायम गरेकोले संक्रमण पैmलिन पाएन । परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

४ चैतमा फ्रान्सबाट आएकी काठमाडौंै मैतिदेवीकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो । नेपालमा यो दोस्रो केस थियो । उनले विमानस्थलदेखि नै सावधानी अपनाउँदा कसैलाई संक्रमण नभएको ‘कन्ट्याक्ट ट्रेसिङ’बाट पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डले भने, ‘सावधानी अपनाउँदा उहाँबाट कसैलाई पनि संक्रमण भएन, सचेत हुनुहुँदो रहेछ । उहाँले आफू र धेरैलाई जोगाउनुभएको छ, सबै यसैगरी जिम्मेवार हुने हो भने कोरोना नियन्त्रण गर्न सहज हुन्छ ।’

ती युवती कतार एयरको क्युआर ६५२ फ्लाइटमा दोहा हुँदै नेपाल आएकी थिइन् । उनलाई लिन बुबा विमानस्थल गएका थिए । विमानस्थलबाट आफ्नै निजी गाडीमा घरसम्म पुगेकी थिइन् । गाडीचालक, बुबा र युवतीले गाडीमा मास्क र स्यानिटाइजर प्रयोग गरेका थिए । उनी गाडीको पछिल्लो सिटमा अलगै बसेकी थिइन् । उनमा संक्रमणको लक्षण देखिएको थिएन, तर घरमा आएलगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन् । परिवारका सदस्यसँग भेटघाट मात्रै बन्देज गरिनन्, शौचालयसमेत बेग्लै प्रयोग गरेको स्वास्थ्यकर्मीलई बताएकी छिन् ।

आफूसँगै फ्रान्सबाट फर्किएकी भियतनामकी साथीलाई संक्रमण देखिएपछि उनी स्वदेश आएको चार दिनपछि आफैँ परीक्षणका लागि टेकु अस्पताल गएकी थिइन् । रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । हाल टेकु अस्पतालमै उपचाररत युवतीको दोस्रो परीक्षण पनि पोजेटिभ देखिएको छ । तर, स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । परिवारका सदस्यमा भने संक्रमण देखिएको छैन । नयाँ पत्रिका दैनिकबाट ….

प्रतिकृया दिनुहोस्