RaraNews

प्रकाशित : २०७६/१०/९ गते
१०३४ पटक

काठमाडौँ । राजधानी केनबाराको एयरपोर्ट नजिकै रहेको जंगलमा फेरी आगो सल्किएपछि शहरका केही स्थान खाली गराइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आगो शहर नजिकै लागेको छ । आगलागी भएका नजिकका क्षेत्रहरु खाली गर्न र प्रभावित क्षेत्र भन्दा टाढै रहन अधिकारीहरुले भनेका छन् । गत सेप्टेम्बरदेखि सुरु भएको आगलागीबाट २९ जनाको मृत्यु भइसकेको छ भने २५ सय घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

लाखौं जनावरहरु जलेर नष्ट भएका छन् । त्यो भीषण आगलागी नियन्त्रण गर्न मुश्किल परेको थियो । पानी परेका कारण आगो नियन्त्रणमा सफलता मिलेको थियो ।

सामाजिक सञ्जालमा राखिएका केही तस्विरमा राजधानीका उपनगरीय क्षेत्रमाथि धुवाँको मुस्लो फैलिएको देखिएको छ ।

 

प्रतिकृया दिनुहोस्