RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२९ गते
६३७ पटक

चैत २९। कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ। शनिवार विहानसम्म एक लाख २ सय ६ सय ८८ जनाले ज्यान गुमाएका छन्।

१६ लाख ९७ हजार संक्रमित भएकामा ३ लाख ७६ हजार १०९ जना उपचार पछि निको भएका छन्। सबैभन्दा बढी मृत्यु इटाली र सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ। मृतक संख्यामा पनि अमेरिकाले इटालीलाई उछिन्नेको छ। अमेरिकामा ५लाख २ हजार११२ संक्रमित भएकामा करिब १८ हजार ७ सय २० जनाले ज्यान गुमाएका छन्।

त्यहाँ २७ हजार३३९ जना मात्र निको भएका छन्। इटालीमा १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ। इटालीमा एक लाख ४७ हजार संक्रमित भएका छन् भने तीमध्ये करिब ३० हजार निको भएका छन्।

स्पेनमा एक लाख ५७ हजार संक्रमित भएकामा १५ हजार ९ सय ७० जनाले ज्यान गुमाएका छन्। फ्रान्समा १२ हजार २ सय १०, बेलायतमा ८ हजार ८ सय ५८, बेल्जियमा ३ हजार १९, चीनमा ३ हजार ३ सय ३६ र जर्मनीमा २ हजार ६ सय ७ जनाले ज्यान गुमाएका छन्।

प्रतिकृया दिनुहोस्