RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/३० गते
६७५ पटक

बुटवल – बुटवल–११ देवीनगरका धनबहादुर सुनार रिक्सा मजदुर हुन। पाँचजनाको उनको परिवार डेरामा बस्छ। रिक्सा चलाएरै उनको परिवारको गुजारा चल्थ्यो। तर लकडाउनले मजदुरी रोकियो। घरमा रासनपानी सकियो। ‘धेरै दिन भयो, केटाकेटीले भरपेट खान पाएका छैनन्। हामीजस्ता गरिब रोगले हैन, भोकले मर्ने भयौं’, धनबहादुरले दुखेसो पोखे।

पहिलो चरणको राहत सबै गरिब विपन्नका घरमा पु¥याइसकेको दाबी बुटवल उपमहानगरले गरेको छ। तर दैनिक ज्याला मजदुरी गर्ने धनबहादुरजस्ता थुप्रैले राहत पाएकै छैनन्। ‘घरमा अन्न सकिएपछि सरकारले हेर्छ भन्ने सुनेर वडामा गएँ, जनप्रतिनिधिसँग हारगुहार गरे तर भाडामा बस्नेलाई दिन्नम् भनेर फर्काइदिए’, धनबहादुरकी पत्नी मीनाले भनिन्।

नागरिकता नभएका, मतदाता नामवलीमा नाम नभएका, डेरामा बस्ने तथा असंगठित क्षेत्रमा काम गर्ने जिल्लाबाहिरका मजदुरलाई रुपन्देहीमा राहतबाट वञ्चित गरिएको छ। बर्दियाको राजापुरका निर्माण मजदुर माघु थारु, सुशीला थारु र समाज चौधरी तिलोत्तमाको मणिग्राममा निर्माणाधीन घरमा इँटाले बारेर बसेका छन्। तीन महिनाअघि मजदुरीकै लागि रुपन्देही आएका उनीहरु लकडाउनका कारण घर जान पाएनन्। काम बन्द भयो। खाने खर्च पनि सकियो। तर अहिलेसम्म स्थानीय सरकारले बाँडेको भनिएको राहत उनीहरुले पाएका छैनन्।

www.nagariknews.nagariknetwork.com

प्रतिकृया दिनुहोस्