RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/३० गते
७६५ पटक

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशमा लकडाउन गरेको छ । लकडाउनमा सर्वसाधारणलाई स्वास्थ्य सेवा र दैनिक उपभोग्य सामान पाउन कठिन छ । यस्तो अवस्थामा सर्वसाधारणलाई सहज सेवा दिनुपर्ने स्वास्थ्य, कृषि र उपभोक्ता विषयका सहकारीहरू भने गुमनाम छन् ।

स्वास्थ्य, कृषि र उपभोक्ता क्षेत्रमा काम गर्ने भन्दै प्रारम्भिक संस्थादेखि केन्द्रीय संघसम्म दर्ता भएका छन् । तर, संकटपूर्ण समयमा एकाधबाहेक अधिकाशं संघसंस्थाहरू निष्कृय पाइएको छ । सहकारी विभागका अनुसार हाल देशभर डेढ सयको हाराहारीमा स्वास्थ्य सहकारीहरू दर्ता छन् । यी संस्थाहरूको केन्द्रीय छाता संगठनका रूपमा नेपाल स्वास्थ्य सहकारी केन्द्रीय संघ समेत स्थापना भएको छ । स्वास्थ्य संकटकालको समयमा समेत स्वास्थ्य सहकारीहरूको भूमिका प्रभावकारी देखिएको छैन ।

स्वास्थ्य सहकारी केन्द्रीय संघले तीन वर्षयता नियमित साधारणसभा समेत गर्न सकेको छैन । संघको अध्यक्ष राजेन्द्र पाण्डे स्वास्थ्य सहकारीहरूको क्षमता विकासभन्दा राजनीति र आफू अध्यक्ष रहेको मनमोहन मेमोरियल अस्पतालको व्यवसायमा केन्द्रीत हुँदा केन्द्रीय संघको गतिविधि ठप्प कछ । संघले प्रारम्भिक संस्थाहरूको क्षमता विकासमा कुनै भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ ।

सहकारी संस्थाद्वारा अस्पताल, स्वास्थ्य केन्द्र, औषधि पसललगायत स्वास्थ्यसम्बन्धी व्यवसाय सञ्चालन भएपनि कोरोना भाइरस संक्रमण रोकथाममा यो नेटवर्कलाई व्यवस्थित रूपमा परिचालन भएको छैन । सहकारी क्षेत्रबाट सहयोग संकलन गरी स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी केन्द्रसमेत पाण्डे अध्यक्ष रहेको मनमोहन अस्पतालमा नै राखिएको छ ।

यसैगरी, सर्वसाधारणलाई दैनिक उपभोग्य सामानको सहज आपूर्ति व्यवस्था गर्ने उद्देश्य बोकेका सहकारीहरू समेत सक्रिय छैनन् । स्वास्थ्यजस्तै उपभोक्ता सहकारीको अवस्था पनि उस्तै छ । सरकारबाट एक लाख रुपैयाँ लिएर खुलेका संस्थाहरू पनि अधिकांश निष्कृय छैन । उपभोक्ता सहकारीको केन्द्रीय संघ समेत चार वर्षयता साधारणसभासमेत गर्न नसकेर निष्कृय छ ।

यसैगरी कृषि क्षेत्रका तरकारी फलफूल, दुग्धलगायतका सहकारीका संघ स्थापना भएपनि यतिवेला ती संघहरूको भूमिका समेत देखिएको छैन । सहकारीका संघहरू व्यवसायीक नहुदा उनीहरूको भूमिका कमजोर भएको सहकारी अभियानका एक नेताले बताए । “हाम्रा संघहरू राजनीति गर्ने थलो भए, न व्यावसायिक योजना छ न गतिविधि नै,” नाम उल्लेख नगर्ने शर्तमा उनले भने ।

नेता बन्न र राष्ट्रिय सहकारी महासंघको चुनावमा भाग लिनका लागि मात्र संघ खोल्ने र नेता बन्ने प्रवृत्ती बढेको र यसलाई नियन्त्रण गरी सहकारी संघहरूलाई व्यवसायीक बनाउन जरुरी रहेको उनले बताए । कारोबार दैनिकबाट …..

प्रतिकृया दिनुहोस्