रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१ गते
८१४ पटक
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ वर्षमा विहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका थिए।
उनले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन आग्रह गरेका थिए। मानिसहरु छतमा आएर राष्ट्रिय गीत गाएका थिए।
ग्लोबल कम्प्याक्टले नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको थियो। ग्लोबल कम्प्याक्टसँगै रेडियो नागरिक ९६.५ यो अभियानको लागि आग्रह गरेको थियो। विहान ८ बजे देशभरका विभिन्न रेडियो स्टेसनबाट समेत राष्ट्रिय गान बजाइएको थियो।