RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१ गते
६११ पटक

काठमाडौं : नेपालका प्रमुख राजनीतिक दल आन्तरिक विवादमै जेलिइरहे- वर्ष ०७६ भरि। पार्टीभित्रको आन्तरिक विधि, पद्धति र प्रक्रियाभन्दा नेताको हैसियत, बहुमत र भागबण्डाको राजनीतिमा नेकपा र काँग्रेस अलमलमा रहे। ती पार्टीभित्रको आन्तरिक विवाद अझै साम्य हुन सकेको छैन। नेकपामा त्रिपक्षीय शक्ति संर्घष (त्यसभित्र पनि मुख्य गरी दुई अध्यक्षवीचको शक्ति संर्घष) मा राजनीति चक्कर वर्षभरी नै घुमिरह्यो।

आसन्न १४ औं महाधिवशेनलाई लिएर काँग्रेसमा पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षवीच जुहारी चल्यो। स्पष्ट बहुमत रहेपनि सत्ताारुढ दलभित्रको आन्तरिक किचलोका कारण सरकारको काम जनअपेक्षा अनुसार देखिन सकेन। अन्य दल पनि आन्तरिक विवादले राष्टिय राजनीतिको केन्द्रबाट ओझेलमा परिरहे। एजेण्डागत रुपमा नेकपाभित्रको शक्ति संर्घष नै मूल रुपमा राजनीतिको मियो बनिरह्यो। प्रतिपक्षी काँग्रेस प्रभावहीन बनिदिँदा सरकारलाई खबरदारी गर्ने कुनै शक्ति राजनीतिमा देखिएन।अन्नपुर्ण पोष्ट दैनिकबाट

 

प्रतिकृया दिनुहोस्