RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/४ गते
७८३ पटक

बैशाख ४, काठमाडौं । खासगरी अमेरिका, स्पेन, इटालीमा कोरोना संक्रमितको संख्या बढ्दो छ । कोरोनाले सबैभन्दा बढि क्षती अमेरिकालाई पुर्याएको छ ।

चार महिना अघि तीनको वुहानबाट शुरु भएको कोभिड–१९ अहिले विश्वका २१० देशमा फैलिइसकेको छ । कोरोना नियन्त्रणका लागि विश्वब्यापी रुपमा भइरहेका प्रयासहरु असफल भइरहेका छन् ।

कोरोनाको महामारी रोक्न सामाजिक दुरी कायम गर्ने एक मात्र विकल्प रहेपछि विश्वभर लकडाउन गरिएको छ । कतिपय विकसित देशहरु अमेरिका, अस्ट्रेलिया, जर्मन, इटाली जस्ता देशहरुले कोरोना नियन्त्रणमा शुरुका दिनमा हेल चेक्र्याई गरेपनि अहिले सतर्क भएर काम गरिरहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९५९ पुगेको छ । २४ घण्टामा ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६०३ पुगेको छ । २० लाख ८२ हजार ३७२ कोरोना संक्रमित छन् । जसमध्ये ५ लाख १० हजार ४६ जना उपचारपछि घर फर्किएका छन् । अहिले विश्वका विभिन्न अस्पतालमा १४ लाख ३७ हजार ७६६ को उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार १६० को अवस्था गम्भीर रहेको जनाइएको छ ।

अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार ५२९ पुगेको छ । त्यहाँ एकैदिन ३० हजार १४२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार ८९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४८ हजार ७०१ जना उपचारपछि निको भएका छन् । १३ हजार ४८७ जनाको अवस्था गम्भीर छ । भने, ५ लाख ६६ हजार ८५९ जना उपचाररत छन् ।

यता इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६४५ पुगेको छ । इटालीमा एकैदिन २ हजार ६६७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६५ हजार १५५ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३८ हजार ९२ जना उपचारपछि निको भएका छन् । ३ हजार ७९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ५ हजार ४१८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा एकैदिन १ हजार ४३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १६७ पुगेको छ । त्यहाँ एकै दिन ४ हजार ५६० जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ८६३ पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये ३० हजार ९९५ जना उपचारपछि निको भएका छन् । ६ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको छ भने ९९ हजार ७४१जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यता स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ८१२ पुगेको छ । स्पेनमा एकैदिन करिव ६ हजार ६ सय जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ८० हजार ६५९ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ७० हजार ८५३ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९० हजार ९९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यता बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार ८६८ पुगेको छ । बेलायतमा अहिलेसम्म ९८ हजार ४७८ संक्रमितको संख्या पुगेको छ, जहाँ अझैपनि १ हजार ५५९ को अवस्था गम्भिर रहेको छ ।

कोरोनाको उद्गम देश चीनमा पछिल्लो २४ घण्टामा ४६ नयाँ केस देखा परेका छन् । चीनमा कोरोनाकै कारण ३ हजार ३४२ को मृत्यु भएको छ । यता छिमेकी मुलुक भारतमा अहिलेसम्म ४२२ जनाको मृत्यु भएको छ । भारतमा १२ हजार ३७० संक्रमित पुगेका छन् । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्