RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/४ गते
५९१ पटक

बैशाख ४ । सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीहरुलाई क्वारेन्टाईनको शर्तसहित व्यवस्थित रुपमा घर फर्किन दिने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ ।

सर्वाेच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलाशले आज सरकारको नाममा यस्तो अन्तरिम आदेश जारी गरेको हो ।

‘नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै सुक्ष्म, गम्भीर र संवेदनशील तरिकाबाट विना भेदभाव, बिना स्वेच्छाचारी र विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित

फर्ता ल्याउने, उद्दारका लागि आवश्यक प्रशासनिक, आर्थिक व्यवस्थापकिय पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ,’ सर्वाेच्चको आदेशमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्