RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/५ गते
६९० पटक

जुम्ला – जिल्लाको कालिकोेटको सिमानामा राखिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी नै असुरक्षित छन्। जनताको स्वास्थ्य जाँच गर्न डेस्कमा बसेका उनीहरु निकै असुरक्षित भएको बताउँछन्। हेल्थ डेस्क स्थापना भएको एक साता सम्म निकै व्यवस्थित रुपमा चल्यो। सबैको नजर हेल्थ डेस्कमै जान्थ्यो। स्वास्थ्यकर्मी आफ्ना औजारसहित बस्थे। सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहन्थ्यो। तर अहिले न हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सुरक्षित छन्। नत प्रर्याप्त मात्रमा सुरक्षाकर्मी नै।

पहिलो चरणमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको टोली हेल्थ डेस्कमा खटियो। त्यो समयमा निकै चहल पहल रह्यो। तर जब स्थानीय तहले स्वास्थ्यकर्मी खटाउन थालेपछि हेल्थ डेस्क नाम मात्रका छन्। स्वास्थ्यकर्मीहरु  भन्छन्,‘ यो हेल्थ डेस्कमा न स्वास्थ्यकर्मी सुरक्षित छौँ। नत स्वास्थ्य चेकजाँच गर्न आउने स्थानीय। उल्टै आफ्नो् स्वास्थ्य असुरक्षित बन्दै जाने खतरा छ।’

यहाँ अहिले जुम्लाको चन्दननाथ नगरपालिका र सिँजा गाउँपालिकाबाट स्वास्थ्यकर्मी खटिएका छन्। उनीहरु संग मेडिकल मास्क छैन्। कपडाको मास्क प्रयोग गरिरहेका छन्। प्रर्याप्त ग्लोब्स छैनन्। खानपिनको राम्रो व्यवस्थापन छैन्। सेनिटाइजर सकिएको छ। एक स्वास्थ्यकर्मीले भने,¬‘ हरेक स्थानीय तहले औषधि उपकरण खरिद गरेको खबर सुन्छौँ। तर हेल्थ डेस्कमा चरम समस्या छ। ’ स्वास्थ्यकर्मीको व्यवस्थापन देखेर स्थानीयले समेत हेप्न थालेका छन्।
स्वास्थ्यकर्मीले भनेको बटुवाले समेत नटेर्ने उनीहरुको गुनासो छ।

दिउँसो खुलेआम मास्क नलगाएर भिडभाड गर्छन्। साँझतिर मदिरा सेवन गरेर स्वास्थ्यकर्मी माथि नै निउ खोज्छन्। एक जना मात्रै सुरक्षाकर्मी हुँदा स्वास्थ्यकर्मीले सुरक्षाको अनुभुति समेत गर्दैनन्। भारत हुदै सुर्खेत नेपालगंजबाट आउजाउ गर्ने मुख्य नाका नै नाग्म बजार हो। हेल्थ डेस्क व्यवस्थापनमा चरम समस्या देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन्।  पछिल्लो समयमा नाग्म हेल्थ डेस्क फितलो बनिरहेको स्थानीय बताउँछन्।

बिचरा स्वास्थ्यकर्मी संग आवश्यक सुरक्षाकवज नै छैन्, स्थानीय जयविर नेपालीले भने,‘ आफु असुरक्षित भएर पनि चेकजाँच गर्नु पर्दाको पिडा निकै छ।’ नेपाली सेनाको टोली दिउँसो अबेर जान्छ। एक दुइ घण्टा बसेर फर्किहाल्छ। तत्काल हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाइ आवश्यक व्यवस्थापन गर्न माग गरिएको छ। हामीले भोगेका समस्या पछिल्लो आउने टोलीलाइ शेयर गर्छाैं। स्वास्थ्यकर्मी भन्छन्,‘ हेल्थ डेस्कमा खटिन पनि डराउनु पर्ने अवस्था छ। जब सम्म जीवन सुरक्षाको ग्यारेण्टी हुदैन्। तब सम्म राम्रो संग चेकजाँचको काम पनि अघि बढ्नेवाला छैन्।’अहिले दैनिक ६० जना भन्दा बढिको चेकजाँच भइरहेको छ।

कालिकोट तिरबाट आउनको मात्र चेकजाँच भइरहेको छ। जिल्ला भित्र आवतजावत गर्नेको खासै चेकजाँच हुदैन। पटक पटक जिल्ला प्रशासन कार्यालय जुम्लालाइ हेल्थ डेस्कको व्यवस्थापनका लागि आग्रह गरिएको थियो। पटक पटक समस्या संवोधनका लागि प्रशासन कार्यालयले आश्वासन दिदै गयो। तर अहिले झन जीर्ण बन्दै गइरहेको छ। जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकाटाले सबै प्रशासन गर्दियोस भन्ने चाहानाका कारण हेल्ड डेस्क व्यवस्थापन हुन नसकेको बताउँछन्।

उनले भने,‘ कर्मचारी खटाइदिने, मास्क बाड्दिने, प्रशासनको काम होइन्,। सम्बन्धित स्थानीय तहले जिम्मेवारी पुरा गर्न सक्नुपर्छ। सहायक प्रमुख जिल्लाअधिकारी देवकोटाले हेल्थ डे्स्कमा खटिएका कर्मचारी असुरक्षित रहेको स्वीकारे। उनले भने,‘ स्थानीय सरकार छन्। जनस्वास्थ्य कार्यालय, प्रतिष्ठान छ। तर पनि स्थानीय प्रशासनको भर पर्नु सान्दर्भिक होइन्। विपत व्यवस्थापनको बैठक बोलाएर समस्या समाधानका लागि पहल थालिने उनले बताए।

हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले आफूलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न नसकेको बताउँदै यहाँ खटिने सबै स्वास्थ्यकर्मीलाई समान रुपमा हेरिनु पर्नेमा जोड दिए। लामो समय देश लकडाउन हुने अवस्था आएमा स्वास्थ्यकर्मीले यही व्यवस्थापनमा खटिन नसक्ने चेतावनी दिएका छन्। यहाँ खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च हुनु पर्नेमा दिनानुदिन गिर्दो अवस्थामा छ। यही अवस्थामा स्वास्थ्यकर्मी परिचालन गर्न समस्या आउने देखिएको छ। नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्