RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/५ गते
५७६ पटक

काठमाडौं, वैशाख ५ गते । चीनले तीन प्रकारको खोपको प्रयोगशाला परीक्षणका लागि अनुमित दिएको छ । चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीले मंगलबार उक्त अनुमति दिइएको जनाएका छन् ।

विज्ञान तथा प्रविधि मन्त्रालयको सामाजिक विकास विभागका महानिर्देशक वु युआनबिनले मानव तन्तुमा पहिचान गरिएको (एडेनोभाइरस भेक्टर) खोपको विकास गरी प्रयोगशाला परीक्षणको पहिलोपटक अनुमति दिइएको बताउनुभएको छ । उहाँका अनुसार चिनियाँ इन्जिनियरिङ्ग प्रतिष्ठानका अनुसन्धानकत्र्ता तथा इन्स्टिच्युट अफ मिलिटरी मेडिसिनमा विज्ञका रुपमा कार्यरत चेन वेइ नेतृत्वका समूहले उक्त खोपको विकास गर्नुभएको हो ।

प्रयोगशाला परीक्षणको पहिलो चरणको परीक्षण मार्च अन्तिममा पुरा भइसकेको छ । अप्रिल १२ मा दोस्रो चरणको प्रयोगशाला परीक्षणको सुरुवात गरिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार दोस्रो चरणको परीक्षणमा प्रवेश पाएको यो विश्वको पहिलो खोप हो ।
वुहानमा रहेकी चेन वेइकी छोरी डा. जियोङ्ग जेंगजिंग समेत सहभागी टोलीले परीक्षणका लागि ८४ वर्षीय एक वृद्धलाई १३ अप्रिलमा खोप लगाइएको छ । वृद्धमा कोभिड–१९ संक्रमणको जोखिम उच्च रहने हुँदा उनीहरुका लागि खोप सुरक्षा कवचको रुपमा काम गर्ने चेनले बताउनुभएको छ ।

पहिलो चरणमा मार्च २७ मा १०८ जना स्वयंसेवीमा प्रयोगशाला परीक्षण गरिएको थियो । उनीहरु सबैको चिकित्सकीय अवलोकन सकिदा स्वस्थ्य अवस्थामा पाइएको चेनलाई उद्धृत गर्दै समाचार संस्था सिन्हवाले उल्लेख गरेको छ । दोस्रो चरणमा पाँचसय स्वयंसेवीमा प्रतिरक्षात्म क्षमता र सुरक्षाको अवस्था अवलोकन गर्न उक्त खोप लगाएर प्रयोगशाला परीक्षण गरिदैछ । अप्रिल १३ को पाँच बजेसम्म २७३ जनामा उक्त खोप लगाइएको छ ।

त्यसैगरी, चाइना नेशनल फर्मास्युटिकल ग्रुप(सिनोफार्म) मातहातको वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्स र वुहान इन्स्टिच्युट अफ भाइरोलोजीले विकास गरेको निश्क्रिय खोप(इनएक्टिभेटेड भ्याक्सिन)को प्रयोगशला परीक्षणको लागि अप्रिल १२ मा अनुमति दिइएको छ ।

वेइजिंगस्थित सिनोभाक अनुसन्धान र विकास कम्पनी लिमिटेडले उत्पादन गरेको खोप अप्रिल १३ मा स्वीकृत गरिएको छ । मृत रोगजनक विषाणुलाई प्रतिरक्षा वृद्धि गर्न उपयोग गरिनेछ । खोप उत्पादन गर्न अनुसन्धानकत्र्ताले जिवित भाइरसलाई पी३ प्रयोगशालामा उत्पादन गरेको छ । वाङ्का अनुसार उक्त खोपको सुरक्षात्मक अवस्था उच्च हुनेछ ।

जनावरमा गरिएको परीक्षणका लागि विज्ञहरुलाई पुरा प्रकृयामा निर्देशनात्मक गतिविधिका लागि सहभागी गराइएको छ । उहाँका अनुसार ‘नेशनल इन्स्टिच्युट अफ फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन’ र ‘नेशनल इन्स्टिच्युट फर फुड एण्ड ड्रग कन्ट्रोल’ले नमूना खोपले प्रयोगशाला अभ्यास सफलतापूर्वक पुरा गरेको छ ।

चीनले ‘इनएक्टिभेटेड’ खोपका लागि पछिल्ला वर्षहरुमा ठोस आधार तयार गरिसकेको छ । ‘इनएक्टिभेटेड’ खोप हेपाटाइटिस ए, इन्फ्लुएन्जा र पोलियोमाइलिटिस जस्ता रोग विरुद्ध लड्न प्रयोग गरिन्छ । वुले ‘इनएक्टिभेटेड’ खोपको प्रभावकारिता अन्तर्राष्ट्रिय रुपमा स्वीकार गरिएको मापदण्डबाट मूल्याङ्कन गर्न सकिनेछ ।

चीनले पाँच वटा प्रविधिमा आधारित रहेर कोभिड–१९ विरुद्धको खोपको विकास गरेको छ । जसमा ‘इनएक्टिभेटेड’ भ्याक्सिन्स, ‘रिकोम्बिनेन्ट प्रोटिन भ्याक्सिन्स’, ‘एडेनोभाइरस भेक्टर भ्याक्सिन’, ‘न्युक्लिक एसिड भ्याक्सिन’ सम्मिलित छन् ।
चीनले कोभिड–१९ लाई लक्षित गरी विकास गर्न लागिएको खोपको प्रभावकारिता र सुरक्षालाई हेरेर अनुमति प्रक्रियालाई स्वीकृत गर्न विशेष प्राथमिकता दिएको छ । यसैकारणले खोप विकास प्रक्रिया छिटो अगाडि बढेको वाङ्ले प्रष्ट्याउनुभयो । सुरक्षालाई प्राथमिकतामा राखेर प्रयोगशाला परीक्षण तीन चरणमा पूरा हुनेछ ।

पहिलो चरणमा दर्जनौं स्वयंसेवीमा खोप लगाएर मानव शरीरमा अनेक मात्रा दिएर सहने क्षमता मापन गरिन्छ । दोस्रो चरणमा सयौं स्वयंसेवीमा खोप लगाएर प्रभावकारिता र सुरक्षालाई वृहत्त रुपमा अध्ययन गरिनेछ । तेस्रो चरणमा हजार वा हजारौं स्वयंसेवीमा लगाएर प्रकोप चक्रका लागि तयार रहे नरहेको पत्ता लगाएर प्रयोगशाला परीक्षण अनुमतिको वैज्ञानिक आधार तयार गरिन्छ ।
“हामीले चिनियाँ खोप अनुसन्धान तथा विकासमा सफलताको अपेक्षा गरेका छौं, सुरक्षित र प्रभावकारि खोप छिटोभन्दा छिटो प्रयोगमा ल्याउन सकियोस् ।”– चिनियाँ एकेड्मी अफ इन्जिनियरिङ्गका शिक्षाविद् वाङ्ले थप्नुभयो ।
(चिनियाँ समाचार संस्था सिन्ह्वाको समाचारमा आधारित )हामीले गोरखापत्र अनलाइनबाट साभार गरेका छौ

प्रतिकृया दिनुहोस्