RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/६ गते
७७७ पटक

बैशाख ६ । सुत्केरी हुन नसकि प्रसव पीडामा रहेकी मुगुकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ ।

हेपाटाईटिस बि पोजेटिभ देखिएकी सोरु गाउँपालिका–१ की ममता लावडलाई मुगु जिल्ला अस्पतालमा अप्रेशन हुन नसकेपछि शुक्रबार अपरान्ह उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको निर्देशनमा तत्काल ती गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको थियो । सुत्केरी हुन दिइएको समय १४ दिन कटेको र उनको रगतमा हेपाटाईटिस बि पोजेटिभ देखिएकाले उपचारका लागि प्रादेशिक अस्पताल पठाउनु परेको जिल्ला अस्पतालका चिकित्सक डा. निर्मल नगरकोटीले जानकारी दिनुभयो ।

लकडाउनले मुलुक ठप्प भईरहेका बेला पनि मन्त्री गुरुङको निर्देशनमा यस अघि खोटाङ र सोलुखुम्बुका १/१ जना गर्भवतीको हेलिकप्टरबाट काठमाडौंमा हवाई उद्धार गरी उपचारको व्यवस्था गरिएको थियो भने डोल्पा र मुगुका पनि १÷१ जना गर्भवतीको हवाई उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको व्यवस्था मिलाइएको छ ।

प्रतिकृया दिनुहोस्