RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/६ गते
६०१ पटक

गाईघाट , बैशाख ६ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा रहेका भारतीय नागरिक सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भए पछि अहिले सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँ सिल गरेको छ ।

सो क्षेत्रमा कसैलाई पनि बाहिर आवतजावत गर्न दिएको छैन भुल्केस्थित मस्जिद आसपासको क्षेत्रमा करीब ६०० को हाराहारीमा मुसलमान समुदायको बासोबास रेहो छ ।

उक्त क्षेत्रमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले विराटनगरबाट एक हजार ¥यापिड टेस्ट किट सहितको टोली आज पठाउने तयारी गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताउनुभयो ।

सो क्षेत्रमा संक्रमण फेला परेका व्यक्तिलाई विराटनगरस्थित कोभिड १९ डेडिकेटेड अस्पतालका रुपमा रहेको कोशी अञ्चल अस्पतालमा हिजै पठाइएको थियो । गोरखापत्र अनलाईनबाट ….

प्रतिकृया दिनुहोस्