RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/६ गते
६३८ पटक

वैशाख ६,  । उदयपुरको मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमणको विराटनगरस्थित कोरोना अस्थायी अस्पतालमा उपचार सुरु गरिएको छ ।

कोरोना पुष्टि भएपछि उनीहरुलाई गएराती नै चार वटा एम्बुलेन्समा राखेर राती विराटनगर ल्याइएको थियो । विराटनगर पुर्याए लगत्तै प्रदेश १ सरकारले निर्माण गरेको कोरोना अस्थायी अस्पतालमा राखेर उपचार सुरु गरिएको हो ।

त्यहाँ आइसोलेसनमा राखेर उनीहरूको उपचार सुरु गरिएको प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।

मन्त्री कार्कीले ट्विट गरेका छन्, ‘हिजो १२जना कोभिड-१९ पोजिटिभ भेटिएका व्यक्तिलाई हिजो उदयपुरबाट विराटनगर ल्याई उपचार सुरु भएको छ । नेपालमा अस्तिसम्म १६ जना, हिजो उदयपुरमा १२ जना, चितवनमा २ जना गरी हिजोसम्मको परीक्षणबाट ३० जना संक्रमित भएको पुष्टि भएको छ । सचेत बनौं, आफू बचौं र अरूलाई नि बाँच्न दिऔं ।’

 

प्रतिकृया दिनुहोस्