RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/६ गते
५८३ पटक

काठमाडौं :   गत ४ चैतमा फ्रान्सबाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड-१९ पोजेटिभ देखिएको थियो । नेपालमा दोस्रो कोभिड-१९ संक्रमित १९ वर्षीया नेपाली युवतीको पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज भएकी छिन्।

पछिल्लो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई डिस्चार्ज गरेको बताइएको छ। उनको पछिल्लो स्वाब रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।

प्रतिकृया दिनुहोस्