RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१० गते
१९५४ पटक

काठमाडौं – फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका १८ सिटका लागि बिहीबार भएको निर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार निर्वाचित भएका छन्। एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार भएको निर्वाचनमा नेकपाका १६ र राजपाका दुई उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ। प्रदेश २ मा चार सिटका लागि भएको निर्वाचनमा नेकपा र राजपाका दुई÷दुई उम्मेदवार र अन्य ६ वटा प्रदेशमा नेकपाका उम्मेदवार निर्वाचित भए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र समाजवादी पार्टी पनि निर्वाचनमा सहभागी भएका थिए।

निर्वाचनबाट प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रियसभामा सात सदस्य गुमाएको छ। कांग्रेसका सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल फागुन २० मा सकिँदै छ। त्यस्तै नेकपाका आठ, राजपाका दुई र समाजवादीका एक सदस्यको पद पनि फागुन २० मा सकिनेछ। रिक्त हुने १८ सिटका लागि निर्वाचन भएको हो। त्यस्तै सरकारको सिफारिसमा राष्ट्रिपतिबाट मनोनीत एक सदस्यको पनि सोही दिनदेखि पद रिक्त हुनेछ। सो पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्