RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/७ गते
६८८ पटक

काठमाडौ : अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ। अमेरिकामा विगत २४ घण्टामा १ हजार आठ सय ८६ जनाको ज्यान गएको छ।  अमेरिकामा संक्रमितको संख्या ७ लाख ३७ हजार ६ सय ९७ छ।

त्यहाँ एकै दिन २८ हजार भन्दा बढी विरामी फेला परेको वल्डोमिटरले जनाएको छ। अमेरिकामा सबै भन्दा बढी न्युयोर्कमा १७ हजार ६ सय ८१ जनाको ज्यान गएको छ। २ लाख ४१ हजार संक्रमित छन्।

त्यस्तै स्पेनमा   कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ।   फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ हजार भन्दा बढी छ। त्यस्तै बेलायतमा १६ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन्।  विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २३ लाख २९ हजार भन्दा बढी छ। मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ भने ५ लाख ९६ हजार मानिस ठिक भइसकेका छन्।

प्रतिकृया दिनुहोस्