RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/७ गते
८६९ पटक

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोश्रो र तेश्रो रिपोर्ट नेगेटिभ आएको हो।

२२ चैतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका उनको हिजो गरिएको दोस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भईरहेको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।

 

प्रतिकृया दिनुहोस्