RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/८ गते
९३७ पटक

काठमाडौं : कोरोना भाइरसका कारण आधारभूत स्वास्थ्य सेवा प्रभावित भएको छ। लकडाउनका कारण ५० हजार बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका छन्। जन्मिएको १५ महिनामा १२ किसिमको खोप दिइन्छ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा.झलक गौतमले नियमित खोप सेवा अवरुद्ध भए वा छुटाए कोरोना भन्दा पनि अन्य संक्रामक रोगका कारण बालबालिकाको ज्यान जाने खतरा रहने बताए।

एक महिनाको अवधिमा ४५ देखि ५० हजार बालबालिकालाई खोप लगाउनुपर्ने उनको भनाइ छ। भाइरलजन्य रोगविरुद्ध लड्ने क्षमता अभिवृद्धिका लागि जन्मिएको १५ दिनभित्र बीसीजी खोप दिइन्छ। क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस, हेमोफिलस, पोलियो, निमोनिया, जापानिज इन्सेफलाइटिस, दादुरा र रुबेलाको खोप जन्मेदेखि १५ महिनाभित्र लगाइसक्नुपर्ने उनले बताए।

डा. गौतमका अनुसार १५ महिनाभित्र ६ लाख २० हजार बालबालिकालाई खोप लगाउनु पर्छ। यसका लागि नवजात शिशुका अभिभावकले खोप केन्द्रमा ६ देखि ७ पटकसम्म ल्याउनु पर्छ। अन्नपुर्ण पोष्ट दैनिकबाट ….

प्रतिकृया दिनुहोस्