RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/८ गते
६०८ पटक

काठमाडौं, ८ बैशाख ।  यस्तो विपतको बेला वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकप्रति मन्त्रालय गम्भीर भएको भन्दै मन्त्रालयले यस्तो अवस्थामा आवश्यक सहयोगको लागि कुटनीतिक नियोग निरन्तर परिचालन हुने जनाएको छ ।

वैदेशिक रोजगारीको क्रममा परदेशमा रहेका नेपालीलाई जो जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षितसाथ बसिदिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।

विभिन्न कारणले बेखर्ची भइ खान बस्नको समस्या, भिसा वा काम गर्ने सम्झौता म्याद सकिएको तथा तलब लगायतका आफ्ना समस्या सम्बन्धित देशको दूतावासमा राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म कलसेन्टरको फोन नम्बर +९७७१५९७०००८ मा सम्पर्क गरेर आफ्ना समस्या राख्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्