RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/८ गते
६७७ पटक

जोन्स हप्किन्स विश्वविद्यालयकाे पछिल्लव् तथ्यांक अनुसार त्यहाँ  ४० हजार ६ सय ६१ जनाको ज्यान गइसकेको छ भने सङ्क्रमित हुनेहरूको संख्या साढे सात लाखभन्दा बढी छ ।

आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण तीव्र गतिमा अगाडि बढाइएको बताएका छन्।

उनले नियमित पत्रकार सम्मेलनमा बोल्दै भनेका छन्। ‘परीक्षणमा कुनै पनि देश हामी नजिक छैन।’ यसैबीच कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण २४ लाख नाघेको छ। विश्वभर मृत्यु हुनेको संख्या १ लाख ५६ हजार भन्दा बढी छ।

त्यहाँ २३,६६० ले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ।  इटलीमा सङ्क्रमितहरूको संख्या १७८,९७२ पुगेको छ।

त्यस्तै युरोपको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक स्पेनमा १९६,६६४ सङ्क्रमित छन्। त्यहाँ २० हजार चार सय ५३ जनाले ज्यान गुमाइसकेका छन्।

स्पेनपछि फान्समा १९ हजार ७ सय १५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १ लाख ५४ हजार ९७ रहेको छ। त्यस्तै बेलायतमा १६ हजार ६० जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार १ सय ७२ जना संक्रमित छन्।

प्रतिकृया दिनुहोस्