RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/९ गते
१००१ पटक

बाराको पिलुबा र सिमरास्थित ग्यास वान नेपाल र क्लासिक एग्रिकल्चर उद्योगले मजदुरको तलबमा थप दश प्रतिशत थप गरेर भुक्तानी गरेको छ ।
लकडाउनको समयमा पनि उद्योग सुचारु गर्न मजदुरले निरन्तर काम गरेको भन्दै ती उद्योगहरुले मजुदरको प्रोत्साहनका लागि मासिक तलबमा १० प्रतिशत थप गरेर भुक्तानी गरेका हुन् ।

उद्योगी तथा सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले अत्याआवश्यक सेवाका आफ्ना दुई उद्योगमा कार्यरत मजदुरको तलबमा दश प्रतिशत थप गरेर भुक्तानी गरेको हो ।

“लकडाउनमा पनि श्रमिकको श्रमलाई कदर गर्दै हामीले लकडाउन अवधिको तलबमा १० प्रतिशत थपेर दिने छौं” उद्योगी तथा सांसद श्रेष्ठले भने । संकटको बेला अत्यावश्य सेवामा कार्यरत मजदुरको मनोबल बढाउन मासिक तलबमा १० प्रतिशत वृद्धि गरेसँगै पथलैया वीरगञ्ज औद्योगिक करिडोरका यी दुई उद्योगको सर्वत्र पशांसा हुन थालेको छ ।

१० प्रतिशत तलब वृद्धि भएसँगै श्रमिक रमेश न्यौपानेले आफूहरुले लकडाउनका बेलामा गरेकोका कामको मूल्यांकन भएको बताए । खाना पकाउने ग्यासको अभाव हुन नदिन मजदुरलाई सुरक्षित ढंगबाट नियमित काममा लगाइएकाले ग्यास वान नेपालले आफना ग्राहकहरुलाई लकडाउनमा भरपर्दो सेबा प्रवाह गरेको थियो ।

उद्योगी श्रेष्ठले क्लासिक एग्रिकल्चरअन्तर्गतका श्रमिकहरुमा समेत ग्यास उद्योगकै विधिमा सोही सुविधा दिइने बताए । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् श्रेष्ठले बारामा तीन उद्योग, तीनतारे होटल र अन्य कारोबार बढाएका छन् ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्