RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/९ गते
५१४ पटक

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरका ३३ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे ।

उदयपुरबाट स्वाब (नमुना) संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर बिधिबाट परीक्षण गर्दा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

उदयपुरमा यसअघि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ भने तीमध्ये ४ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिकृया दिनुहोस्