RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१० गते
५०८ पटक

काठमाडौं :   बुधबार विहान सार्वजनिक भएकाे तथ्यांकअनुसार अमेरिकमा एकैदिन २७ सय ६५ जनाले ज्यान गुमाएका छन्।

आठ लाख १७ हजार संक्रमित पुगेका छन्। अमेरिकाको राजधानी न्यूयोर्कमा सबै भन्दा बढीले ज्यान गुमाएका छन्। त्यहाँ १९ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ। न्यूयोर्कमा २ लाख ५६ हजार ५ सय ५५ जना संक्रमित रहेको वल्डोमिटरको तथ्यांक छ।

त्यस्तै न्यूजर्सीमा ४ हजार ७ सय ५३ जनाको मृत्यु भएको र ९३ हजार संक्रमित छन्।   अमेरिका पछि इटालीमा ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी छ।

इटालीमा २४ ह्जार ६ स ४८ जनाको मृत्यु भएको छ। स्पेनमा १ लाख ८३ हजार ९ सय ५७ संक्रक्रित छन्।   त्यस्तै अर्को युरोपेली देश स्पेनमा २१ हजार २ सय ८२ जनाको मृत्यु भएको ५ भने २ लाख ४ हजार १ सय १७ संक्रमित छन्।

फ्रान्समा २० हजार ७ सय ९६ जनाको ज्यान गइसकेको छ। फ्रान्समा स्रक्रमितको संख्या १ लाख ५८ हजार ५० छ। त्यस्तै बेलायमा १७ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ। त्यहाँ १ लाख २९ हजार संक्रमित छन्।

प्रतिकृया दिनुहोस्