RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१० गते
७२३ पटक

सुर्खेत, बैशाख ९ । डोल्पामा यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । कोरोना भाइरस(कोभिड–१९) कारणले जिल्ला बिपत ब्यवस्थापन समितिले यार्सागुम्बा सकलनमा रोक लगाउने निर्णय गरेको हो ।

बहुमुल्य जडिबुटी रहेको यार्सागुम्बा संलकनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ ।

कोरोना भाईरस कोभिड–१९का कारण देश नै लकडाउन रहेको अवस्थामा जिल्लामा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनले झनै ठुलो बिपत्ती ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखिम भएका कारणले संकलनमा रोक लगाइएको जिल्ला बिपत ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

‘ठुलो भुगोल भएको जिल्ला हो सुरक्षा चुनौती छ ।’ उनले भने,‘हजारौ मानिसहरु आउने भएकोले झनै जोखिम हुनेहुदा यस बर्ष रोक लगाउने निर्णय गरेका हौं ।’

 

 

प्रतिकृया दिनुहोस्