RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/११ गते
६०९ पटक

बैशाख ११ । कोरोना भाईरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउनलाई क्षेत्रगत रुपमा कडाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर बताएका छन् । मुख्यमन्त्री शाहीले कर्णालीका दशै वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भिडियो संवाद गर्दै लकडाउनलाई कडाइ गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहीले एक टोलवाट अर्को टोल, एक स्थानीय तहवाट अर्को स्थानीय तह र एक जिल्लावाट अर्को जिल्लामा हुने आवागमनालाई कडाई गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहीले लकडाउनले दैनिकी कष्टकर वनेका कारण उद्धार गरि गाउँ फर्काईएका मजदुर, विद्यार्थी लगायतका सवै नागरिकहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । ‘जोखिममा रहेका नागरिकको उद्धार गर्नु सरकारको दायित्व हो ।’ उनले भने,‘अरु देशका सरकारले दुई चार जनाको लागि भएपनि जहाजै रिजर्भ गरेर स्वदेश फर्काएको छ । समस्यामा परेका नागरिकलाई किन गाउँ फर्काको भनेर तर्क गर्छन् ।’

नागरिकहरु कार्यस्थल तथा डेरामा भोकभोकै हुने र उनीहरुको व्यवस्थापन पनि नगर्ने अवस्थाले राज्यप्रति नै वितृष्णा पैदा हुने भएकोले अति समस्यामा रहेका र प्रदेशको सिमा सम्म हिडदै आईपुगेका नागरिकहरुलाई स्थानीय तहसंगको सहकार्यमा सम्वन्धित स्थानीय तहसम्म पु¥याउन सहजीकरण गरिएको उनको भनाई छ ।

मुख्यमन्त्री शाहीले सामाजिक दुरी कायम गर्दै एकाघरका परिवार मात्रै सहभागि हुनेगरि किसानहरुलाई मौसमी वाली भित्र्याउने, व्याड राख्ने लगायतका कृषि कार्य गर्न दिने व्यवस्था मिलाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए । त्यसैगरि मेशिन र कम जनशक्तिको प्रयोगवाट हुनसक्ने विकास निर्माणका कामहरु पनि निरन्तरता दिने व्यवस्थापन गर्न उनले बताए ।

प्रतिकृया दिनुहोस्