RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/११ गते
५६९ पटक

कैलाली –  कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर-१, की महिला बिहीबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । उहाँको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।

उहाँ विरगञ्जबाट आएर १२ दिन क्वरेण्टीनमा बस्नुभएको र चैत २२ गते उहाँमा कोरोना पुष्टि भएको थियो । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण लाई जितेर स्वस्थ भइ घर फर्किनेको सङ्ख्या ४ पुगेको छ। सुदूरपश्चिममा चौथो कोरोना सङ्क्रमित महिला पनि निको भएर घर फर्किनुभएको छ ।

प्रतिकृया दिनुहोस्