RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१२ गते
१०८७ पटक

काठमाडौं – तत्कालीन समाजवादी पार्टीका असन्तुष्ट केही सांसद बिहीबार निर्वाचन आयोगमा गई नयाँ पार्टी दर्ता गराउने तयारीमा थिए। सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उनीहरूले पार्टी फुटाल्न संसदीय दलमा ४० प्रतिशत पु¥याए पुग्थ्यो। यसकालागि एक सांसदको अभाव थियो। यो अभाव टार्न जनकपुरबाट सुरेन्द्र यादवलाई काठमाडौं ल्याउने तयारी भयो। काठमाडौंमा उनलाई नक्सालको मेरियट होटलमा राख्ने योजना बन्यो।

प्रधानमन्त्री केपी ओलीको सल्लाहमा सुरेन्द्रलाई काठमाडौं ल्याउन पूर्वआइजिपी सर्वेन्द्र खनाल र नेकपाका सांसद महेश बस्नेत तथा किसान श्रेष्ठलाई जिम्मेवारी दिइयो। सर्वेन्द्र र सुरेन्द्र पुराना चिनजानका साथी हुन्। बुधबार दिउँसो जनकपुरस्थितसुरेन्द्रको घरमा तीनजनाको टोली पुग्यो। सुरेन्द्रलाई काठमाडौं जान सर्वेन्द्रले आग्रह गरे। काठमाडौं हिड्नुअघि सुरेन्द्रले काठमाडौंमै रहेका समाजवादी पार्टीका एक नेतालाई  जानकारी गराए। त्यसपछि यो खबर तत्काल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसम्म पुग्यो। उपेन्द्र झस्किए।

त्यसपछि उपेन्द्रको सल्लाहअनुसार उनी निकटका व्यक्तिले यो खबर तुुरुन्त मिडियामा प्रचार गरे।सुरेन्दलाई अपहरण गरेको आरोप समाजवादी पार्टीका नेताहरूले लगाए। अझै पनि समाजवादी पार्टीका नेताहरु सर्वेन्द्र,महेश र किसानले सुरेन्द्रलाई जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएको बताउँछन्।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्