RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१२ गते
७४० पटक

सरकारले पहिलोपटक गहुँको समर्थन मूल्य निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ निर्धारण गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको हो ।

नेपालको प्रमुख खाद्यान्न बालीमध्येको गहुँको समर्थन मूल्यको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको मन्त्रालयले जानकारी दिएको छ । गहुँ किनबेचको सिजन सुरु हुनुअघि सरकारले खाद्य बालीहरूको मूल्य तोक्ने गरेको छ । सरकारले धान, गहुँ, ऊखुलगायत कृषि वस्तुको समर्थन मूल्य बर्सेनि तोक्दै आएको छ ।

गहुँ भित्र्याउने समय भएकाले बेला निर्धारण गरिएको समर्थन मूल्यले किसानलाई राहत मिल्नेछ । मन्त्रिपरिषद् बैठकले अब बस्ने बैठकले निर्णय गरेसँगै गहुँको समर्थन मूल्य लागू हुने मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद् पठाएको उनले बताइन् । देशभरका किसानले गहुँ भित्र्याउन थालेको र किनबेच सुरु हुनअगावै मूल्यतोक्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

देशको प्रमुख खाद्यान्न बालीमध्येको एक गहुँ अघिल्लो सिजन देशभर २० लाख ४० हजार टन उत्पादन भएको थियो । यस वर्ष उत्पादन केही बढ्ने कृषि मन्त्रालयको अनुमान छ । धानपछिको मुख्य बालीका रूपमा गहुँ रहेको छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्