RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१२ गते
७४१ पटक

गोरखा : २०७२ सालको भूकम्प गएको पाँच वर्ष पूरा भएको छ। गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ध्वस्त भएका निजी आवास पुनर्निर्माणको काम लकडाउनका कारण रोकिएको छ। कोरोना महामारीका कारण घोषित लकडाउनले गर्दा गत चैत ११ गतेदेखि निजी आवास पुनर्निर्माणको काम अघि बढ्न नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ।

भूकम्पका कारण गोरखामा ७२ हजार एकसय १३ वटा निजी आवास ध्वस्त भएका थिए। जसमध्ये ६६ हजार सातसय ५९ वटा घर पूर्ण क्षति तथा पाँच हजार तीनसय ५४ घर आंशिक क्षति भएका थिए। हालसम्म ५६ हजार चारसय १७ घर अर्थात ८४.५१ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भइसकेको कार्यालय प्रमुख रामशरण आचार्यले जानकारी दिए। कार्यालयको तथ्यांकअनुसार सबैभन्दा धेरै प्रगति भूकम्पको केन्द्रबिन्दू बारपाकको भएको छ।

बारपाक सुलीकोट गाउँपालिकामा ध्वस्त सात हजार ५२ घरमध्ये ६ हजार ६२५ वटा घर पुनर्निर्माण सम्पन्न भइसकेको कार्यालय प्रमुख आचार्यले बताए। त्यस्तै गोरखा नगरपालिकाका नौ हजार तीनसय ८९ घरमध्ये आठ हजार १८२, पालुङटार नगरपालिकाका आठ हजार आठसय २६ घरमध्ये ७ हजार १९३, सिरानचोक गाउँपालिकाका ५ हजार ९५४ घरमध्ये ५ जार ४०६ निजी आवास पुनर्निर्माण भइसकेको छ।

त्यस्त,ै अजीरकोट गाउँपालिकाका ४ हजार १०६ घरधुरीमध्ये ३ हजार ७९५ घरधुरी, धार्चे गाउँपालिकाका ३ हजार ९०१ घरधुरीमध्ये २ हजार ८४५ घर निर्माण भएका छ्। चुमनुब्री गाउँपालिकामा एक हजार ६७५, आरुघाट गाउँपालिकामा ६ हजार ७, भीमसेन थापा गाउँपालिकामा ५ हजार ४५०, सहीदलखन गाउँपालिकामा ५ हजार ३९८ र गण्डकी गाउँपालिकामा ३ हजार ८४१ घर पुनर्निर्माण भएको कार्यालयले जनाएको छ। पाँच हजार तीनसय ५४ घरको प्रवलीकरण गर्नुपर्नेमा जम्मा १२ घरको मात्र प्रवलीकरण गरिएको छ।

भारत सरकारले युएनडिपीको नेपाल आवास पुनर्निर्माण परियोजनामार्फत २६ हजार ९१२ घर पुनर्निर्माण गरिरहेको छ। सो परियोजनाले हालसम्म २४ हजार ४६६ निजी आवास पुनर्निर्माण सम्पन्न गरेको परियोजनाका जिल्ला संयोजक राम सापकोटाले जानकारी दिए। त्यस्तै, जापान अन्तर्राष्ट्रियले भूकम्पीय आवास पुनर्निर्माण परियोजनामार्फत १५ हजार ४०४ घर पुनर्निर्माण गरिरहेको छ। जसमध्ये अहिलेसम्म १४ हजार ३८७ पुनर्निर्माण सम्पन्न भइसकेको परियोजना प्रमुख बाबुराम केशीले जानकारी दिए।अन्नपुर्ण पोष्ट दैनिकबाट …

प्रतिकृया दिनुहोस्