वैशाख १२ गते । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले आसन्न बजेट अधिवेशनको तयारी थालेको छ । सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन तथा व्यवस्थापन गर्ने तयारी गरेको हो । संविधान अनुसार जेठ १६ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्नेछ ।
आउँदो अधिवेशनमा अब सरकारका नीति तथा कार्यक्रम र बजेट पेसका लागि संयुक्त बैठक समेत बस्ने भएकाले उक्त व्यवस्थापनमा पनि सचिवालय जुटेको हो ।
सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले आवश्यक सुरक्षात्मक उपायसहित बैठक सञ्चालनको तयारी र व्यवस्थापन भइरहेको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमण जोखिमलाई समेत ध्यानमा राखेर हामीले भौतिक दूरी कायम हुनेगरी बैठक कक्ष व्यवस्थापन लगायतका काम अगाडि बढाइरहेका छौँ । बैठक कक्षलाई सुरक्षित बनाउन अन्य उपाय पनि अवलम्बन हुनेछन् । यो अधिवेशनमा संयुक्त बैठक समेत बस्ने भएकाले दुवै सदनका माननीयहरूलाई पर्याप्त स्थान हुनेगरी बैठक कक्ष व्यवस्थापनको काम भइरहेको छ भन्नुभयो ।
सङ्घीय संसद् भवनको प्रतिनिधि सभा बैठक कक्षलाई नै कोरोना सङ्क्रमण जोखिम कम गर्नेगरी बैठक कक्ष व्यवस्थापन गरिनेछ । हाल प्रतिनिधि सभातर्फ सदस्यहरूलाई छुट्टयाइएका ३९० सिट छन् । यस्तै, प्रदेश सभाबाट अध्ययनका लागि आउने सदस्यहरू तथा कर्मचारीका लागि पछिल्लो स्थानमा छुट्टयाइएका करिब दुई सय हाराहारामी कुर्सी छन् ।
सचिवालयले अब अघिल्लो स्थानमा रहेका कुर्सीमा एक स्थान खाली राखेर बस्ने गरी व्यवस्थापन गर्न लागेको हो । एक सांसद बसेपछि बीचमा एक सिट खाली गरिनेछ । बैठक कक्षको पछिल्लो स्थानमा भने निश्चित दूरी खाली राखेर व्यवस्थापन गरिनेछ । अहिले भने बैठक कक्षको दायाँ बायाँको स्थानलाई खुला राखेर पनि संयुक्त बैठक सहज रूपमा सञ्चालन हुने अवस्था थियो तर भौतिक दूरी कायम गर्दा भने हलको सबै क्षेत्रमा कुर्सी व्यवस्थापन आवश्यक पर्नेछ । पहिलो र दोस्रो संविधान सभामा भने उक्त हलमा ६०१ जना सदस्यको व्यवस्थापन भएको थियो ।
यसअघि सोमबार राष्ट्रिष्य सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक कक्षको अनुगमन गरी कोरोना जोखिम न्यूनीकरण हुनेगरी व्यवस्थापनका लागि निर्देशन दिनुभएको थियो । अध्यक्ष तिमिल्सिनाले भौतिक दूरी कायम हुनेगरी बैठक कक्ष व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । यस्तै, बैठकमा उपस्थित सदस्यका लागि मास्क, सेनिटाइजर र सम्भव भएसम्म परिसरमा स्क्यानिङ मेसिनको व्यवस्था गर्न पनि निर्देशन दिनुभएको थियो ।गोरखापत्र अनलाईनबाट
सीडीओको कार्यसम्पादन प्रतिवेदन : गुल्मी सर्वोत्कृष्ट, ४६ जिल्लाले पाए ९० प्रतिशत अंक
काठमाडौँ — गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी पहिलो भएको छ । अघिल्लो वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक...
साउन २०, २०७९बजेट छल्दै २४ प्रतिशत तलब वृद्धि
चालु आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा अर्थमन्त्री जनार्दन शर्माले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेका...
साउन २३, २०७९कानुनले सुविधा दिएका बोहकका कर्मचारीकाे सवारी र इन्धन तत्काल बन्द गर्न प्रधानमन्त्रीकाे निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेवल टेवलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका...
साउन १७, २०७९साढे २२ लाख रुपैयाँ घुससहित उपसचिव पक्राउ
काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाल (उपसचिव) घुससहित रङ्गेहात समातिएका छन्। व्यापारीसँग प्याराग्लाइडिङ...
साउन १७, २०७९अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै संसद भवन अगाडि प्रदर्शन
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरस्थीत संसद भवन अगाडि प्रदर्शन गर्ने युवाहरूको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
साउन १६, २०७९४ वर्षमा ७१ अर्ब ५१ करोड फ्रिज
हेटौंडा : बागमती सरकारले हरेक वर्ष करोडौं रुपैयाँ विकास बजेट फ्रिज गरिरहेको छ। २०७५/०७६ देखि २०७८/०७९ सम्म ७१ अर्ब ५० करोड...
साउन १८, २०७९जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान: सुरक्षा निकाय र भक्तजनद्वारा भव्य बिदाइ
जुम्ला । जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको...
साउन १७, २०७९