RaraNews

दिलमाया शाही जुम्ला प्रकाशित : २०७७/१/१२ गते
७३३ पटक

पछिल्लो समयमा जुम्लाका स्थानियतहले जोखीम निम्त्याउदै आएको जुम्लाका नागरिकहले बताएका छन। कर्णाली प्रदेश सरकार तथा स्थानीय सरकारले उद्धारका नाममा जथभावी मान्छे भित्र्याउन थालेपछि जुम्लामा जोखिम बढेको हो । अहिले दैनिक पाँच सय भन्दा बढिको आवतजावत भइरहेको छ  ।

पहिले जुम्ला निकै सुनसान  र सुरक्षित  थियो । बहिरबाट  भित्रिएका सबैको क्वारेन्टाइनमा राखेर  नियमित चेकजाँच गरीएको थियो । तर अहिले  जुँलामा उद्दार गरी  ल्याइका नागरिकनै क्वारेन्टाइनमा बस्न मान्दैनन् । उनीहरु घरमै होमक्वारेन्टाइनमा बस्ने भन्दै क्वारेन्टाइनमा बस्न नमानेका हुन् । जसका कारण  जोखिम बढ्ने उच्च संभावना छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे तीन दिन देखि जुम्ला भित्रिनेको संख्यामा अत्यधिक बृद्धि भएको बताउनु हुन्छ  । उहाले भन्नुभयो ्,‘ म उद्धार गर्ने नाममा नागरिकलाइ धमाधम भित्र्याउने कार्यको विरोधी हो । जो जहाँ अलपत्र छन् । त्यही व्यवस्थापन गर्न पहल गर्ने भनेर सरकारले स्पष्ट निर्देशन गरेको छ । तर यहाँ अलपत्र नागरिक भित्र्याउने नाममा उच्च प्रतिश्पर्धा भइराखेको छ, उहाले भन्नुभयो । जुम्ला सुरक्षित गर्न हदै सम्मको पहल थालिएको थियो । नेपालमा पहिलो जुम्लाले लकडाउन ग¥यो । भारत तथा खाडीमुलकुबाट आएका २ सय ५३ जनाको सब संकलन गरियो ।

नाका नाकामा स्वास्थ्य सहायता केन्द्र  राखियो । प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भन्नुभयो ‘ तर महिनौको त्यो उपलब्धी दुइ दिन पनि टिकेन् । अहिले कुन आधारमा मान्छे आइरहेका छन् । यो चुनाव होइन । सरकार जो जहाँ छन त्यहि हेर्नु भन्छ ।यति धैरै लकडाउनको उलङंघन भइरहेको छ, त्यो भनि साध्य छैन ।  बाटो बिग्रन्छ । मतलबै छैन । क्वारेन्टाइनको अवस्था निकै कम छ । व्यवस्थापनमा चुनौति छ ।

तर धमाधम मान्छे ल्याउने काम भइरहेको छ । यसले जोखिम निम्त्याएको  छ । ’जुम्ला जोगाउन धेरै विकल्प रोज्यौँ । ¥यापिड टेस्ट गरयौँ । जुम्लाबासी सुकुमबासी पनि छैनौ ।  अहिले संक्रमणबाट मात्र जोगिने हो । प्रमुख जिल्ला अधिकारी बञ्जाडे भन्नुभयो,  सवारी स्रोत साधन पनि छैन । पहिले जुम्लाको राम्रो सन्देश थियो । पछिल्लो समयमा उच्च जोखिम बढ्ेको छ ।  क्वारेन्टाइन भरीभराउछन । स्थानीय तहले दोहोरो चरित्र प्रदर्शन गरिरहेका छन् । जसले गर्दा शान्ति सुरक्षामा समेत नकरात्मक प्रभाव पारीराखेको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले एक जनालाइ पनि पास दिइएको छैन् । यहाँका स्थानीय सरकार गम्भीर देखिएनन् । बैठक बसालेर एक अर्काको सुझाव आदान प्रदान गर्नुको कुनै तुक पनि छैन् । प्रमुख जिल्ला  अधिकारी बञ्जाडेले भन्नुभयो ।,‘ भागेर आउनेलाइ पनि कार्वाही गर्नु प¥यो । नागरिक अनुशासनमा बस्नु प¥यो ।स्थानीय सरकार संवेदशिल हुनु प¥यो । धमाधम मान्छे आइरहेका छन् । मुगु, जुम्ला, कालिकोट सिडिओ संग कुुनै समन्वय पनि छैन् ।जुम्लाका स्थानीय तहमा अहिले २ सय ९१ बेडको क्वारेन्टाइन छ ।

तर दैनिक धेरै मानिसहरु आवतजावत गर्न थाले । क्वारेन्टाइनको अभाव देखिदैछ । त्यो भन्दा बढि समस्या क्वारेन्टाइनमा यहाँ उद्धार गरेर पुगेका मानिस क्वारेन्टाइनमा बस्न मान्दैनन् । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल ६१ जनालाइ होम क्वारेन्टाइनमा बस्ने भनेर गइसकेको बताउनु हुन्छ । स्वास्थ्य चेक गराउदा अवस्था सामान्य देखिएपछि होमक्वारेन्टाइनमा बस्न भनेर पठाएको उहाको भनाइ छ । ३० बेडको क्वारेन्टाइनमा कोही पनि छैनन् । स्वास्थ्य चेक गराउदा समान्य देखिएकोले वडाध्यक्ष, स्वयमसेविका, स्वास्थ्यकर्मी सबैलाइ फलोअप नगरपालिकाले खटाएको छ ।

यहाँ अलपत्र परेका बाहिरका मजदुरलाइ समेत पठाइएको छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार पछिल्लो दुइ दिनमा ७८ जना क्वारेन्टाइनमा बसेको बताउनु हुन्छ  । मान्छेहरुको आउने क्रम बढ्न थाल्यो, अध्यक्ष न्यौपानेले भने,‘ क्वारेन्टाइन व्यवस्थापनमा निकै सकस देखि थाल्यो । सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल गाडीका गाडी मानिसहरु आउन थालेपछि गाउँमा त्रास बढेको बताउने हुन्छ  । उहाका अनुसार ५५ बेडको क्वारेन्टाइनमा ४ जना मात्र छन् ।

क्वारेन्टाइनमा बस्न मान्दैनन् । घर परिवार पनि आएकाहरुलाइ क्वारेन्टाइनमा बसाल्न दिदैनन् । उहाले भन्नुभयो,‘ बाहिरबाट आउने नागरिकको व्यवस्थापनमा निकै ठुलो चुनौति छ ।स्थानीयले भित्रिने मानिसहरुको उच्च निगरानी राख्नको लागि आग्रह गरेका छन् । आउनेको संख्या हेर्दा २ सय ८० जना मात्र क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

www.radionariaawaj.com.np

प्रतिकृया दिनुहोस्